नियम २९
विवाद समाधान समिति
: (१) नियम २८ बमोजिम बोर्डमा पर्न आएका _ उजुरीहरुको छानबिन गरी आवश्यक कारबाहीका लागि बोर्ड समक्ष सिफारिस गर्न बोर्डले देहाय बमोजिमको विवाद समाधान समिति गठन गर्न सक्नेछ :- (क) बोर्डबाट मनोनित कानून वा न्यायको

क्षेत्रमा कम्तीमा पाँच वर्षको अनुभव

हासिल गरेको व्यक्ति - अध्यक्ष (ख) बोर्डले तोकेको स्वास्थ्य सेवाको

विषयगत विज्ञ -सदस्य (ग) बोर्डमा कार्यरत अधिकृत स्तरको

प्रतिनिधि - सदस्य-सचिव

(२) उपनियम (१) बमोजिमको विवाद समाधान समितिले आवश्यकता अनुसार विषय विशेषज्ञलाई बैठकमा आमन्त्रण गर्न सक्नेछ ।

(३) उपनियम (१) बमोजिमको बिबाद समाधान समितिको बैठक सम्बन्धी कार्यबिधि सो समितिले निर्धारण गरे बमोजिम हुनेछ ।

(४) उपनियम (१) बमोजिमको विवाद समाधान समितिको काम;कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :-

(क) समितिमा परेका उजुरीहरुको छानबिन गरी बोर्ड समक्ष आवश्यक कारबाहीका लागि सिफारिस गर्ने,

(ख) झुट्टा उजुरी गर्ने बीमित उपर छानबिन गरी कारबाहीका लागि बोर्ड समक्ष सिफारिस गर्ने,

(ग) उजुरीकर्तालाई परेको हानी वा क्षतिको यथार्थता बुझी बिगो समेत भराउनु पर्ने अवस्था भएमा सोही बमोजिम खुलाई सिफारिस गर्ने,

(घ) बोर्डले जिम्मेवारी दिएका अन्य छानबिन गर्नु पर्ने प्रकृतिका कार्यहरु गरी सिफारिस गर्ने।